बाजुरामा छाउगोठमा आगलागी हुँदा दुई छोरासहित आमाको मृत्यु
२५ पुस, काठमाडाैँ । बाजुरामा बाजुरमा छाउगोठमा आगलागी हुँदा दुई छोरासहित आमाकोको मृत्यु भएको छ । प्रहरीका अनुसार बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका ९ को अंगाउपानीस्थित भुगेचौरमा छाउगोठमा आगलागि हुँदा तीन जनाको ज्यान गएको हो ।

महिनावारी भएर छाउगोठमा सुती रहेको अवस्थामा अागलागी हुँदा तीनै जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीनै जना आज विहान आगलागीबाट मृत अवस्थामा फेला परेका थिए । मृत्यु हुनेमा ३५ बर्षीया अम्वा बोहोरा उनका १२ वर्षीय का छोरा सुरेस बोहोरा र ९ वर्षीय छोरा रमित बोहोरा रहेका छन । के कारणले अागलागी भएको हो र क्षति कति भयो भन्ने विषयमाम अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 11:12









