४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

तेह्रथुम पावरले हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

२१ वैशाख, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो।

कम्पनीले हाल कायम चुक्तापुँजीको १स्१ अनुपातमा  ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मिति : May 4, 2025 at 12:31 pm