११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

कतिमा भयो ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार ?

२१ वैशाख, काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको पहिलो कारोबार भएको छ। आइतबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७० रुपैयाँमा पहिलो कारोबार भएको हाे।

गत बुधबार नेप्सेमा कम्पनीको सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको थियो।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जको आधारमा कम्पनीको सेयर कारोबार भएको हो ।

प्रकाशित मिति : May 4, 2025 at 10:55 am