२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सरकारको नीति तथा कार्यक्रम माथि एमालेको १३ बुँदे निष्कर्ष यस्तो छ

२० वैशाख, काठमाडाैँ । सरकारको नीति तथा कार्यक्रम माथि एमालेको १३ बुँदे निष्कर्ष निकालेको छ । शनिबार भएको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्ताैलाले नीति तथा कार्यक्रम प्रगतिशील, व्यवहारिक र जनमुखी रहेको बताउनुभएको छ । बैठकपछि सामाजिक सञ्जाल मार्फत प्रमुख सचेतक बर्ताैलाले १३ बुँदामा नीति तथा कार्यक्रमको प्रभावकारिताको बारे उल्लेख गर्नुभएको छ ।

यस्तो छ बर्ताैलाले सामाजिक सञ्जाल मार्फत दिनुभएको जानकारी

१. ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पुरा गर्न तथा लोकतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोडी सामाजिक न्याय र समाजवादका आधार तयार गर्न , राष्ट्रिय एकता सुदृढ पार्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा त्यसैको माध्यमबाट नीतिगत स्थायित्व सुनिश्चित गर्न मार्गनिर्देशन गरेको छ ।

२. संविधानको रक्षा , सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र यसका विरुद्ध हुने कुनै पनि प्रकारको प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने संकल्प गरेको छ ।

३. संविधानको समीक्षा गर्दै यसका सवल पक्षलाई थप सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रकृया अघि बढाउने प्रतिबद्धता गरेको छ ।

४. अर्थतन्त्र का विद्यमान सिथिलता अन्त्य गर्दै विश्वासिलो व्यवसायिक वातावरण तयार पारी आर्थिक गतिविधिलाई चलायमान बनाउने , आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन दिई मुलुकभित्र पर्याप्त तथा मर्यादित रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको।

५.  उद्यमशीलता मैत्री शिक्षा”को नीति अपनाई श्रमक्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव र सीपहिन श्रमशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने। यसका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार मा जोड ।

६. उद्यमशीलताको माध्यमद्वारा आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने। सबै उद्यममा “बिजनेस प्लान” र त्यसको “इकोसिस्टम” निश्चित गरी ‘जेन्जी पुस्ता’लाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित “स्टार्टअप” कार्यक्रम सुरु गर्ने नितिलाई महत्व दिइएको ।

७. स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य तुल्याउन पूर्वाधार विस्तारसँगै सेवा प्रदायक अस्पताल–चिकित्सक, स्वास्थ्य जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउदै स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई स्वास्थ्य बीमा सेवामा आवद्ध गर्न महत्व दिएको ।

८. सरकारका निकायहरूबाट सञ्चालित कार्यक्रमहरू उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गरी तीन तहका सरकारहरू बीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यावसायीकरण र पूर्वाधार निर्माण गर्ने नितिलाई जोड दिइएको ।

९. स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गर्ने । स्नातक तहभन्दा माथिका विद्यार्थीहरुलाई विभिन्न अनुसन्धान संस्थामा आवद्ध गर्ने। हप्तामा बढीमा २० घण्टा कामको न्युनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’को नीति लागु गर्न प्रथामिकता लिइएको।

१०. नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रूपमा विकास गरी सम्भव भएसम्मका सबै सेवा अनलाइन माध्यमबाट गर्ने तर्फ जोड ।

११. राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरी हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने नीतिमा जोड ।

१२. संसदमा विचाराधिन र नयाँ सहितका केही ।महत्वपुर्ण बिधयेकहरु चालु संसदको यसै अधिवेशनबाट पारित गर्ने प्रतिवद्धता व्यक्त ।
१३. सार्वजनिक, सहकारी र निजी क्षेत्रबीच सहकार्य प्रवर्धन लाई प्राथामिकत।

प्रकाशित मिति : 19:47