२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

बागलुङमा आगलागी परी तीन बालबालिकाको मृत्यु

२५ पुस, बागलुङ । बागलुङमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–४, तारागाउँमा एक गोठमा खेलिरहेका बालबालिका आगलागीमा परेका हुन ।

प्रहरीका अनुसार मंगलबार अपराह्न सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको मृत्यु भएको छ ।

प्रतिकात्मक तस्बीर ।

यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैंले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको अनुमान छ ।आगलागीबाट गोठ पूर्ण रुपमा क्षति पुगेको छ । गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ ।

प्रकाशित मिति : 09:33