भारतबाट चाेरेर ल्याएकाे तीन किलो सुनसहित दम्पति पक्राउ
२४ पुस, सुर्खेत । भारतबाट चोरी गरेर ल्याएको तीन किलो सुन र हिरासहित एक दम्पतिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पुस ११ गते भारतको बंगलोरबाट चोरी गरेर ल्याएको सुन र हिरासहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमती शौभाग्य शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका ९ गडेगाउँ स्थायी ठेगाना भएका मंगललाई कालिकोटबाट र शौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ गरेकाे हाे । भारतिय प्रहरीले सुर्खेत आएर चोरलाई खोजी गरिदिन आग्रह गरेपछि दम्पतिलाई नेपाल प्रहरीले पक्राउ हाे ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। बंगलोरको एक घरमा काम गर्न बसेका उनीहरूले घर फोडेर भागेको जानकारी सुर्खेत आएका भारतीय प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 20:28









