१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मुख्यमन्त्री त्रिलोचन भट्टको गाडीसँग ठोक्किएर मोटरसाइकल चालक घाइते 

२४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको गाडीमा ठोक्किएर अाज एक जना घाइते भएका छन् ।मुख्यमन्त्री सवार गाडी धनगढीको होटल साथी नजिक बाटोमा रोकेर ढोका खोल्दा पछाडीबाट मोटरसाइकलमा आइरहेका अछामको ढकारी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत विक्रम बोहोरा घाइते भएका हुन् ।

गाडीको ढोकामा ठोक्किदा से ७ प २३२ नम्बरको मोटरसाइकल चालक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि ओलीले जानकारी दिए । समान्य घाइते भएका बोहराको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । गाडी र मोटरसाइकलमा समान्य क्षति भएको प्रहरी नायव उपरिक्षक ओलीले जनाएका छन् ।

प्रकाशित मिति : January 8, 2019 at 8:24 pm