नेप्सेमा गिरावट कायमै, कारोबार रकम पनि घट्यो
१६ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६६ हजार २६५ पटकको कारोबारमा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन आज बजारमा गिरावट आउँदा पनि दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हाे । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस दिन ९४ रुपेयाँ ८० पैसा बढेर १ हजार ४२ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ११४ रुपैयाँ ६० पैसा बढेर १ हजार २६१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।
यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति : 15:34









