चितवन मालपोतका लेखा अघिकृत रिठ्ठे दर्जी १ कराेड ७१ लाख हिनामिना गरेर फरार
२४ पुस, चितवन । जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रकम हिनामिना गरेर फरार भएका छन् । दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएको बताइएकाे छ । आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएका हुन् । गत आर्थिक बर्षको लेखा परीक्षण गर्दा उनको नाममा बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेका थिए ।

मंसिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टा भित्र रकम दाखिला गर्न पत्र दियो । तर दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गरेकाे बताइएकाे छ ।
प्रकाशित मिति : 15:52







