श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ
२४ पुस, बर्दिया । आफ्नै श्रीमती हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका-५ कृष्णासरटोल बस्ने ३५ वर्षीय मोहन बोहरालाई २५ वर्षीया श्रीमती सुष्मा कुँवरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हत्या पछि फरार रहेका मोहनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति : 14:04









