२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

६ वर्षीय बालिका बलात्कार गर्ने १६ वर्षीय किशोर पक्राउ

२४ पुस, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।

बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए । आरोपितलाई मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताउनुभयो । दुवै नाबालक भएकाले नाम भने गोप्य राखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 13:18