१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रतिगमन सच्याउदै एमालेमै फर्किए नुवाकोटका सूर्य कँडेल

१३ वैशाख, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता सूर्य कडेँल एमालेमै फर्किनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन गरेको भन्दै पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको उहाँ शुक्रबार प्रतिगमन सच्चिएको निष्कर्षसहित एमालेमा फर्किनुभएको हो ।

नेकपाको विवादको समयमा ओलीले प्रतिगमन गरे भन्ने समूहले नुवाकोटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि ढुंगा हान्ने र कालोझण्डा देखाउने काम समेत गरेको थियो । एमाले विभाजन हुँदा पूर्व सांसद राजेन्द्र प्रकाश लोहनीको नेतृत्वमा नुवाकोटका नेताहरू समाजवादीमा लाग्नुभएको थियो ।

कँडेल समाजवादीको केन्द्रीय परिषद् सदस्य एवम् नेपाल घरेलु साना उघोग महासंघको वरिष्ठ उपाध्यक्ष हुनुहून्छ । शुक्रबार एमाले मुख्यालय च्यासमा पार्टी महासचिव शंकर पोखरेलले कडेँललाइ स्वागत गर्नुभयो । सो अवसरमा एमाले केन्द्रीय सदस्य एवं नुवाकोटका इन्चार्ज केशवराज पाण्डे, पार्टीको बागमती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्य, जिल्ला अध्यक्ष बद्री मैनाली, केन्द्रीय स्कुल विभागका सदस्य रामशरण प्याकुरेल, जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्ररमण खनाल, सदस्य रमेश वस्ती। रामकृष्ण खड्का लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : April 26, 2025 at 9:23 am