नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त
२४ पुस, काठमाडाैँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। उनले कार्यकारी निर्देशकमा नियुक्त हुने भएपछि सोमबारमात्रै उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए ।

आयल निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले पाैडेलसहित तीन जनाको नाम छनोट गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बुझाएको थियो। मन्त्रालयले पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति : 09:39









