७औ ओशियाना नेप्लिज स्पोर्टस मिट २०२७ मा एडिलेडमा हुने
अष्ट्रेलिया । ओशिनियाका नेपालीहरुको ओलम्पिक मानिने ओशिनिया नेप्लीज स्पोर्टस मिटको ७ औ संस्करण अष्ट्रेलिया पाचौ ठुलो शहर एडिलेडमा हुने भएको छ । अष्ट्रेलियाको पश्चिमको शहर पर्थमामा आइतवार ६ औ मिट समापन समारोहमा पछि सो घोषणा गरिएको हो ।
मिट मार्च २६-२८, २०२७ मा हुने एडिलेड नेप्लिज क्रिकेट एशोशियसनका अध्यक्ष तथा ७औ ओशियाना नेप्लिज स्पोर्टस मिट २०२७को आयोजक समितिका अध्यक्ष विजय जोशीले बताए । जोशीले २०२७ मा मिट आयोजना गर्ने अबसर पाएकोमा खुशी व्यक्त गर्दै सबै नेपाली समुदाय भएर भव्य रुपमा सम्पन्न गर्ने बताए ।
जोशीका अनुसार अनुसार १० खेल खेलाईने भएको छ । जसमा क्रिकेट, फुटबल, भलिबल, लन टेनिस, टेबल टेनिस, बास्केटबल, ५ किलोमिटर दौड, गल्फ, पौडी, ब्याडमिन्टन रहेका छन् ।
अध्यक्ष जोशीका अनुसार मिटको प्रक्रिया बमोजिम कार्यक्रमको प्रस्ताव राख्ने क्रममा तयारी सम्वन्धी सरोकारवालाहरु संग प्रारम्भिक छलफल शुरु गरिएको बताउदै, साउथ अष्ट्रेलियामा क्रियाशिल संस्थाहरुको बैठक गरेर थप वृहद रुपमा छलफल गरेर अगाडी बढ्ने बताए । जोशीले साउथ अष्ट्रेलियामा रहेका खेलकुद संग सम्वन्धीत संस्था मात्र नभएर सबै संस्थाहरुको सहकार्यमा २०२७ मा भव्य रुपमा ओशियाना नेपाली खेल महत्सव सम्पन्न गर्ने बताए ।
पर्थमा सम्पन्न ओशियाना नेपाली स्पोसर्टस मिटमा साउथ अष्ट्रेलियाको संयोजन गर्नु भएका सुपक अधिकारीले विगत २०१६ देखी साउथ अष्ट्रेलियाले ओशियाना स्पोर्टस मिटमा सहभागी हुदै आएको बताउदै आगामी दुई बर्ष पछि एडिलेडमा हुन गइरहेको मिट सबै मिलेर भव्य बनाउने बताए । अधिकारीले मुल ओशियानाको टिम संग सल्लाहमा यहाको अवस्था अनुसार खेलहरु थप गर्न समेत बताए ।
यसै विच गत हप्ता सम्पन्न पर्थको समापन कार्यक्रममा साउथ अष्ट्रेलियाको तर्फबाट सबै अष्ट्रेलियाका राज्यहरु सहित न्युजिल्याण्डका संयोजकहरुलाई ७औ मिटको निमन्त्रणा हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति : April 25, 2025 at 5:50 am









