२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छः सुनिता डंगोल

११ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपािलकाकी उपप्रमुख सुनिता डङ्गोलले राम्रा कामका प्रचार गर्न एमालेले युवा शक्तिको सदुपयोग गर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै डङ्गोलले यस्तो बताउनुभएको हो ।

उहाँले स्टन्ट गरेर देश नबन्ने र देश बन्नका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । “स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : 17:23