२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

शिक्षा मन्त्री रघुजी पन्तले लिए शपथ

११ वैशाख, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ । मन्त्री पन्तले बिहीबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष  शपथ लिनुभएको हो ।

नेकपा एमालेका नेता पन्तलाई प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले शिक्षामन्त्री नियुक्त गर्नुभएको थियो । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : 17:11