२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

नेप्सेमा सामान्य अंकको सुधार, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

११ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य अंककाे सुधार आएको छ । आज नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३०८ स्टकको ७० हजार ७०३ पटकको कारोबारमा ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँबराबरको १ करोड ९७ लाख ५४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लागेको हो।  यस दिन नेपाल हाइड्रो डेभलोपर्सको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : April 24, 2025 at 3:35 pm