२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच वैशाख १७ गते एकता गर्ने तयारी

११ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकताको तयारी भएको छ।  आगामी वैशाख १७ मा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जानकारी गराएको छ ।

यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए । एकतापछि नयाँ पार्टीको नाम नागरिक जनमत हुनेछ भने चुनाव चिह्न ढकिया रहने जनाइएकाे छ। पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्षमा सिके राउत र सहअध्यक्षमा रन्जिता श्रेष्ठ हुने जनाइएकाे छ ।

प्रकाशित मिति : 13:10