१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पियोर इनर्जीको आईपीओ तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् नतिजा

११ वैशाख, काठमाडौं । पियोर इनर्जीको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो। गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो सेयरमा कुल १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भएको छन् भने ६ हजार ४२६ आवेदन रद्द भएका छन्।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर हाता पारेको बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि प्रकाशन हुने छ । आईपीओकाे नतिजा बिक्री प्रबन्धकको वेबसाइट :    https://nabilinvest.com.np/ , मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login र  सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : April 24, 2025 at 9:55 am