नेप्सेमा उच्च अंकको गिरावट, २१७ कम्पनीको सेयर मूल्य घट्यो
१० वैशाख, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा झरेको छ। यस दिन २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३०८ स्टकको ६४ हजार १४० पटकको कारोबारमा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किटलागेको छ।
नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ७८ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ६४ रुपैयाँ ७० पैसा बढेर ७१२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।
प्रकाशित मिति : 15:40









