१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

अग्नि ग्रुप बालाजु अटोवर्क्सले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन

१० वैशाख, काठमाडाैं । नेपालका लागि महिन्द्रा फोर व्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप (बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

उद्घाटन समारोह यही बुधबार बैशाख १० गतेका दिन गरिमा मोटर्सको वर्कसपमा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री समीर भट्टराई,महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट अटो डीभिजनको सर्भिस कन्ट्री म्यानेजर सोमनाथधर,बालाजु अटोवर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठ, गरिमा मोटर्सका प्रबन्ध निर्देशक– कुन्दन चौधरीद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका प्रतिनिधिहरुका साथ–साथै अन्य माननीय अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै बालाजु अटोवर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले भन्नुभयाे, ‘महिन्द्राको आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तार गरिरहँदा हामी निकै उत्साहित छौँ।हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य बोकेका छौँ। यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्त्वपूर्ण पाइला हो । हामीलाई यो विश्वास छ कि हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउनु हुनेछ जसले महिन्द्रा गाडीको स्वामित्व अनुभव अझ परिस्कृत हुने छ । ’

प्रकाशित मिति : April 23, 2025 at 1:38 pm