४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

लाभांश पारित गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

९ वैशाख, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी इन्स्योरेन्सले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीले वैशाख २८ गते, रानीमहल बैंकेट प्रा.लि., ज्ञानेश्वर, काठमाडौँमा बिहान १० बजे २८ औँ वार्षिक साधारण सभा बोलाएको हो।  सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, सभामा लेखापरीक्षक नियुक्त गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई भुक्तानी गरेको रकम अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ वैशाख १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : April 22, 2025 at 9:47 am