१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

८ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेप्सेमा बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

१० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म ऋणपत्र बिक्री खुला गरेको थियो । उक्त ऋणपत्र भोलि मंगलबारदेखि कारोबारमा आउनेछ । उक्त ऋणपत्र इबिएलडी ९१ स्टक सिम्बोलबाट कारोबारमा हुनेछ ।

प्रकाशित मिति : April 21, 2025 at 4:47 pm