अन्नपूर्ण केवलकारको साढे ४९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा
८ वैशाख, काठमाडौं । अन्नपूर्ण केबुलकार लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आजदेखि ४० प्रतिशत अर्थात १ः०.४ अनुपातमा रु.१०० अंकित दरका ४९ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।
यसमा आगामी ३५ दिनसम्म मात्रै खरीद आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ। इच्छुक सेयरधनीहरूले हकप्रद सेयर बापतको रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भर्पाई कम्पनीको रजिष्टर्ड कार्यालयमा पेश गर्नु पर्नेछ।
प्रकाशित मिति : April 21, 2025 at 11:38 am









