आईपीओ निष्कासन गर्दै जनता प्रसारण तथा प्रकाशन
७ वैशाख, काठमाडौं। जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख २७ गते काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान साढे ७ बजे १० औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आईपीओ निष्कासन गर्ने र हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित मिति : 14:23









