१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सुनको मूल्य ऐतिहासिक उचाईमा, तोलाको १ लाख ९० हजार नाघ्यो

४ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ। अघिल्लो दिन बुधबार रेकर्ड बनाएको सुनको मूल्यले यस दिन सो रेकर्ड तोडेर नयाँ उचाईमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।  बुधबार छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : April 17, 2025 at 10:56 am