२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

विद्यार्थीलाई पढाउन छाडेर राजनीतिक दलको झोला बोकेर हिड्ने रोल्पाका एक शिक्षक पक्राउ

२२ पुस, रोल्पा  । विद्यार्थीलाई पढाउन छाडेर राजनीतिक दलको झोला बोकेर हिड्ने शिक्षक असुरक्षित छन् ।  रोल्पा एक शिक्षक, शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेर हिँड्ने र अरुलाई धम्क्याउँदै हिँडेने गरेकाे अाराेपमा  पक्राउ परेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पक्राउ गरेको हाे । सल्लीबोट आधारभुत विद्यालय रोल्पा नपा–१ मा अध्यापन गराइरहेका शिक्षक केसीलाई प्रहरीले आइतबार विद्यालयबाटै पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले बताए ।

विद्यालयका प्रधानाध्यापक उदय महराका अनुसार विद्यालयमा पढाइरहेका शिक्षक केसीलाई सादा पोसाकमा आएका प्रहरीले सोधपुछ गर्नु छ भन्दै पक्राउ गरेका थिए । महराका अनुसार विद्यालय पोसाकमै शिक्षक केसीलाई गिरफ्तार गरिएको थियो ।

विप्लव निकट अखिल नेपाल शिक्षक सठन रोल्पाका अध्यक्ष प्रेम केसीले विद्यालयमा पढाउँदै गरेका शिक्षकलाई प्रहरीले पक्राउ गर्नु दुःखद भएको भन्दै बिना सर्त रिहाई नगरे आन्दोलन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : 13:16