२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

२९ चैत, काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको

प्रसाईंसँगै पक्राउ परेका उहाँका बडिगार्ड दीपक खड्कालाई पनि प्रहरीले १२ दिनकै म्याद मागेको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति : April 11, 2025 at 3:49 pm