२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै

२९ चैत, काठमाडाैं । तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान प्रसाईलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हाे । प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।  प्रसाईंलाई भारतस्थित असामबाट काकडभिट्टा ल्याएर नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो ।

प्रकाशित मिति : April 11, 2025 at 11:20 am