२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

सामान्य अंकले बढ्यो नेप्से, एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

२७ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा बन्द भएको।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ३० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँबराबरको १ करोड ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कारोबारका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : April 9, 2025 at 3:29 pm