प्रि ओपन सेसनमा १५.१८ अंकले बढ्यो नेप्से
२७ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.१८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.१८ अंक बढेर २६८१.८० विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा १५ लाख ९९ हजार ९५७ रुपैयाँबराबरको २ हजार २९९ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 9, 2025 at 10:57 am









