१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

चाैँथो श्रीमतिका लागि शुभकामना पाएपछि रविले इशा अर्कैसँग भएको तस्बीर र च्याट सार्वजनिक गरे

२२ पुस, काठमाडाैँ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने र उनीसँग सम्बन्ध बिच्छेद गरेकी इशा लामिछानेसँगको सम्बन्ध सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । इशाले रविको श्रीमति संख्या चार र सन्तानको संख्या पाँच रहेको कुरा सार्वजनिक गरेपछि उनले सामाजिक सञ्जाल मार्फत इशाको गोप्य च्याट नै सार्वजनिक गरेका छन । जसमा इशा अरू कसैको अंगालोमा रहेको फोटो पनि सार्वजनिक गरेका छन उनले दुइवटा स्क्रिनसटसँगै केही कुरा पनि लेखेका छन ।

जहाँ यस्तो लेखेका छन

ईज्जत लिलाम गर्ने मनशाय नहुदा नहुदैपनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए।हिलो छ्यापा छ्याप गर्ने मनशाय मेरो अझैपनि थिएन । मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन। सबै कुरा पुराना हुन।यो तस्बिरपनि पुरानै हो, Renew गर्ने मन छैन तर आफैलाई घृणा गर्नु पर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुदैनपनि।सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ।बाकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला।उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटोपनि खिच्नु होला। म आज स्तरहिन मान्छे हुन बाध्य भए। यो भन्दा तल अब म जान चाहन्न।

यो पनि पढ्नुहोस्

–दुईवटी श्रीमति बिहे गरेका रवि लामिछानेले तेस्रो बिहे गर्न पहिलो श्रीमति छाडे, छोरीहरू चिन्तित

प्रकाशित मिति : January 6, 2019 at 8:03 pm