२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

ओभरसिज नेपालिजको १० लाख कित्ता सेयर बिक्रीमा

२४ चैत, काठमाडौं । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले केही सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको छ।

बिक्रीमा राखिएको सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने छन् । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट उक्त सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : April 6, 2025 at 3:17 pm