५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नेप्सेसँगै बढ्यो कारोबार रकम, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

२१ चैत, काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३२४ स्टकको ६९ हजार ८९ पटकको कारोबारमा ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५५ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।  यस दिन ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४५ रुपैयाँ ८८ पैसा बढेर ५०५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : April 3, 2025 at 3:45 pm