१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

महालक्ष्मी विकास बैंकले पायो ग्राहक केन्द्रीत सेवामा अन्तराष्ट्रिय अवार्ड

२१ चैत, काठमाडाैं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट”द्वारा ग्राहककेन्द्रीत बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै उक्त म्यागजिनले सम्मान गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

विजनेश कनेक्ट म्यागजिनले व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आईरहेको छ । यस सम्मानको प्राप्तिसँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरुमा वित्तीय पहुँचबाट बाहिर रहेका आम नेपाली नागरिकहरुलाई समेत बैंकिङ्ग प्रणालीभित्र ल्याउन सकिने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : April 3, 2025 at 11:35 am