१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

ऐतिहासिक उचाईमा सुनको मूल्य, तोलामा १ लाख ८० हजार नाघ्यो

२१ चैत, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ। गत शुक्रबारदेखि दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य यस दिन ऐतिहासिक उचाईमा पुगेको हो ।  नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदी तोलामा २५ रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलाको २ हजार २० रुपैयाँमा कारोबार भएको  थियो ।

प्रकाशित मिति : April 3, 2025 at 10:46 am