२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

बाख्रा बलात्कार गर्दागर्दै एक युवक रंगेहात पक्राउ

२२ पुस, काठमाडाैं । आश्चर्यचकित पार्ने कुरा खुलासा गर्दै  बाख्रा बलात्कार गर्दागर्दै एक युवक रंगेहात पक्राउ परेका छन् । २१ वर्षका युवक रंगेहात पक्राउ परेपछि आफूले बाख्रासँग यौनकार्य गर्नका लागि अनुमति लिएको दाबी गरेका छन् ।

यो अनौठो घटना अफ्रिकी मुलुक मलावीको मचिन्जी भन्ने ठाउँको हो । उक्त गाउँका केनेडी कम्बानी नामका एकजना युवकलाई बाख्रासँग करणी गर्दै गर्दा पक्राउ गरिएको थियो । पक्राउ परेपछि मानिसहरुले किन बाख्रामाथि त्यस्तो कार्य गरेको ? भनेर सोध्दा कम्बानीले बाख्रामाथि बलात्कार गर्न आफूले अनुमति लिएको बताए ।

बाख्रासँग करणी गरिरहेको अवस्थामा ती युवकलाई देख्दा सुरुमा त बाख्राधनीलाई कोही चोरले बाख्रा चोर्न पो लागेको हो कि भन्ने लागेछ । त्यसपछि उनी केही छिमेकीसमेत लिएर चोर समाउने तयारी साथ बाख्रा भएको ठाउँमा पुगे । तर जब उनीहरु बाख्राको नजिक पुगे तब त ती युवकले बाख्रासँग अनैतिक कार्य गरिरहेको देखे ।

त्यसपछि उनीहरुले प्रहरीलाई बोलाएर घिनलाग्दो कार्य गर्ने ती युवकलाई पक्राउ गराए । पक्राउपछि ती युवकले आफू बँच्नका लागि बाख्रासँग सम्पर्कका लागि अनुमति लिएको दाबी गरे । तर बाख्राधनीले त्यो कुरा अस्वीकार गरेपछि उनको झूट सावित भयो । प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

अफ्रिकी देशहरुमा जनावरमाथि बलात्कारका घटना बढिरहेका छन् । गत नोभेम्बरमा जाम्बियामा २२ वर्षका एक युवकलाई गर्भवती बाख्रामाथि बलात्कार गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको थियो । त्यस्तै गत वर्ष नै दक्षिण अफ्रिकामा पनि एक ३३ वर्षका युवकले छिमेकीको गर्भावस्थाको बाख्रोमाथि बलात्कार गरिरहेको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : 12:39