२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

बौद्धको जुवा घरमा फेरि प्रहरी छापा, २३ जना पक्राउ

२१ पुस, काठमाडाैँ । काठमाडाैँको बाैद्धमा रहेको एक जुवाघरमा प्रहरीले छापा मारेको छ । मिनि क्यासिनोको रूपमा चर्चामा रहेको बौद्धका लोप्साङ लामाको घरमा सञ्चालित जुवाघरमा प्रहरीले छापा मारेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडाैँको टोलीले शनिबार साँझ छापा मारेको काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार जुवा घरबाट २३ जना पक्राउ परेका छन । डिएपी बोगटीका अनुसार ७ लाख १९ हजार ८१० रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेको छ । यसअघि प्रहरीले बाैद्धमै जुवाको खालमा छापा मार्दा २ जनाको लडेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : 20:19