७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रधानमन्त्री ओली र प्रचण्डबिच टेलिफोन संवाद

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डबीच आइतबार बिहान सदनको गतिरोध खुलाउने विषयमा कुराकानी भएको हो।  एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलको नेतासँग संवाद गरेको सभामुख देवराज घिमिरेसँगको छलफलमा जानकारी दिनुभएको हो ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने विषयमा प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले प्रधानमन्त्रीसँग स्पष्टीकरणको माग गरेका छन्। प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति : March 30, 2025 at 12:51 pm