२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकोट र रसुवाको संगम वेत्रावतीमा पिण्डदानगर्नेको भीड

२१ पुस, नुवाकज पुसे औँशी दिबंगत पित्तृको सम्झनामा आज नुवाकोट र रसुवाको संगमको रुपमा रहेको वेत्रावति नदिको किनारमा श्राद्ध गरिदैँछ । पुसे औँशीक  दिन बर्षमा नियमित श्राद्ध गर्न पर्नेमा विभिन्न कारणले गर्दा श्राद्ध रोकिएकाहरुले आज श्राद्ध गरेमा मोक्ष मिल्ने बताइन्छ । औसीको दिन श्राद्ध गर्न आउनेको घुइचो हुने आशंकामा विदुर नगरपालिकाले व्यवस्थापन पक्षमा ध्यान दिएको विदुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष गणेश नेपालले बताए ।

उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन बेत्रावतीमा आई पितृहरुलाई पिण्डदान गर्नाले पितृहरु मोक्ष मिल्छ भन्ने बिश्वासका साथ भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : 13:17