२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकोटको बेलकोटगढी नगरपालिकामा नगर चक्रपथ र वसपार्क बन्ने

२० पुस, काठमाडाैँ । नुवाकोटको बेलकोटगढी नगरपालिका करिव ३० करोड रुपैयाँको लगानीमा नगर चक्रपथ र वसपार्क बन्ने भएको छ ।एकिकृत सहरी बिकास योजना(IUDP) दीर्घकालीन सोच निर्धारण कार्यशाला गोष्ठीबाट नगरपालिकाले नगर चक्रपथ र बसपार्क को योजना पास गरेको बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुङ्गानाले बताइन ।

नेपाल सरकार सहरी बिकास मन्त्रालयको आर्थिक सहयोग, इ.आर.एम.सि,नेस्ट र जियोकम इन्टरनेसनल को प्राबिधिक सहयोगमा  बेलकोटगढी नगरपालिकामा नगर चक्रपथ र बसपार्क बताउने तयारी थालिएको उनले बताइन ।

यसअघि नै बेलकोटगढी नगरपालिकाले नगर भित्र रहेका सडकहरुको सडक गुरुयोजना तयार गरि काम अघि बढाएको थियाे । कार्यक्रममा प्रदेश सांसद केशवराज पाण्डे, मेयर राजेन्द्ररमण खनाल लगायतले नगरको विकासका लागि रातदिन नभनि काम गरिने बताएका थिए ।

 

प्रकाशित मिति : 23:06