एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१४ चैत, काठमाडाैं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते बिहीबार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसर्थ आजसम्म कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले सेयरधनीहरुलाई गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.०५२७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न बैंकले चैत २७ गते बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि साधारण सभा बाेलाएकाे छ ।
प्रकाशित मिति : March 27, 2025 at 9:02 am









