४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

छुट्ला है ! नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

१४ चैत, काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज चैत १४ गते बिहीबार अन्तिम दिन रहेको छ । गत फागुन ८ गतेदेखि कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा रु.१०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

लगानीकर्ताले नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय, क्षेत्रिय कार्यालय ,सानिमा क्यापिटल,नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीकाे हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो। यसकाे अर्थ माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : March 27, 2025 at 8:54 am