२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

फेसबुकमा रविमाथि आक्रोशः अबोध नानीहरुको आमाबिरुद्ध लेखेर ‘इमोसनल ब्ल्याकमेल’ नगर

२० पुस, काठमाडाैँ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको पक्ष र विपक्षमा शुक्रबार दिनभर सामाजिक सञ्जाल फेसबुक र ट्वीटर रंगिए । समाजिक सञ्चालमा लामिछानेका शुभेच्छुक र समर्थकले जे गरे ठीकै गरे भन्ने प्रतिक्रिया देखाएका छन भने लामिछानेलाइ अालोचनात्मक समर्थन गर्नेहरूले सम्बन्धविच्छेद गरेको श्रीमतिलाइ ‘इमोसनल ब्ल्याकमेल’ नगर्न सुझाव दिएका छन । रविले तेस्रो बिबाहका लागि पहिलो श्रीमतिसँग सम्बन्धबिच्छेद गरेको समाचार दैनिकीमा प्रकाशित भएपछि सामाजिक सञ्जालमा व्यक्त भएका केही प्रतिनिधि प्रतिक्रिया यहाँ प्रस्तुत गरेका छाैँ ।

सामाजिक सञ्जाल फेसबुकमा पत्रकार राजेश राई लेख्छन

प्रिय रवि लामिछाने !!
दुईवटा फुल जस्ती छोरीहरु हुदाहुँदै अर्को विदेशी महिलासँग सहबास गरेर सन्तान उत्पादन गर्न भ्यायौं । लु ठिकै छ । दुई श्रीमती र तीन सन्तान हुदाहुँदै तेश्रो श्रीमतीसँग विहेको तयारीमा छौं । ल, त्यो पनि ठिक छ । तर, डिभोर्सपछि पनि फुल जस्ता दुई छोरीको आमालाई आरोपित गरेर आफ्नो बहादुरीको स्टाटस लेख्नुलाई चहि ठिक मान्न सकिएन । लेखेका छौं, ‘मेरो डिभोर्सका कारण एक होइन, अनेक र लाजमर्दा छन् ।’ ती अबोध नानीहरुको आमा बिरुद्ध लेखेर तिमिलाई माया गर्नेको ‘इमोसनल ब्ल्याकमेल’ नगर । फुल जस्ता छोरीहरु र एक बारको सुन्दर जिन्दगी तिमिलाई सुम्पिने श्रीमतीको आँशु लाग्ला ?

वरिष्ठ पत्रकार गोपाल बुढाथोकी फेसबुकमा लेख्छन

समाजलाई दिशा निर्देश गर्ने पत्रकार मध्येका केहीले अर्कालाई अर्ति उपदेश दिंदादिंदै आफैले नैतिकता धुजा धुजा पारेपछि के भनौ र खै ?

यस्तै अर्का पत्रकार युवराज बिद्रोही लेख्छन

सतिले सरापेको देश : पुरुषको पिडा सङ खेलबाड नगर।पुरुषले सहेर बस्नु पर्ने हो?पिडा कस्तो हुन्छ पीडितको ठाउमा बसेर हेर महोदय?#रबिलामिछाने##मनोजगजुरेल्#डिभोर्स

सामाजिक सञ्जाल प्रयोगकर्ता सुलोचना अर्याल लेख्छिन

वैवाहिक जीवन सम्झौताको जटिल शृङ्खला हो । फरक सोच,चिन्तन,संस्कार,वातावरण र हुर्काइका कारण मतभेद भैरहन्छन । समझदार र सहनशील(अागाे र पानि) हुन सकेन भने जसको पनि सम्बन्ध जतिखेर नि धरापमा पर्न सक्छ हौ । त्यसैले अर्काको ब्यक्तिगत मामिलामा चटके बन्नु जरुरि छैन ।जुटेको पाे राम्रो फुटेको के मज्जा!!!

सामाजिक सञ्जाल प्रयोगकर्ता किरण देउजा लेख्छन

उनको निजि मामिला हो तर, साथमा श्रीमती र २ छोरी हुदाहुदै पनि बाहिर अर्को महिला सँग नाजायज सम्बन्ध राखेर छोरा जन्माउनेले अरुलाई नैतिकताको पाठ सिकाउन सुहाउँदैन ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत लेख्छन

रवि लामिछाने अहिलेका चर्चित र लोकप्रिय पत्रकार हुन्।यसमा दुई मत छैन। यद्यपि उनकै भनाई अनुसार पहिली वैध श्रीमतीसंग डिभोर्स चाहिँ हालसालै र दोस्री अवैध श्रीमतीसंगको छोरो चाहिँ अलि पुरानै रहेछ। केहिदिन अघि मात्र डिभोर्स हुँदै गर्दा तेस्रीसंग चांडै विहे हुने तयारी पनि रहेछ।अरु भए यतिभएपछि उनैले खुत्रुक्कै पार्थे।उनलाई धेरै विवादमा नतानौं क्यारे।

पत्रकार टीका विष्ट लेख्छिन

कार्यक्रम प्रस्तोता रवि लामीछानेको बैबाहिक जीवन असफल भएकोमा दु:खी छु । उहाँकाे नितान्त निजी जीवननकाे घटना भएपनि सार्वजनिक व्यक्तिका निजी मामला केवल निजी मात्र हुदैनन् । सर्वत्र चासाेका विषय हुन्छन् ।

एउटा श्रीमती (दुई छाेरी सहित) संग छोडपत्र नगरीकन नै अर्काे महिलासँग प्रेम सम्बन्ध गाँसेर सन्तान जन्माउन पाउने कानुन नेपाल वा अमेरीका कहाँ छ ? यदि यही कर्म अरु कोही नेपालीले गरेको भए यीनले कति लखेट्थे होला ? कति उछितो काट्थे होला ? कति बदनाम गर्थे होला ? मन मिलेन सम्बन्ध विच्छेद भयो, ठूलो कुरा भएन तर सम्बन्धमै रहेका बेला परस्त्री सम्बन्ध राखेर बच्चा नै जन्माउनु कसरी जायज भयो ? कसरी नैतिक भयो ? त्यही काम अरुले गर्दा अपराध र यीनले गर्दा कसरी सामान्य गल्ती मात्र भयो ?

रविले धेरैकाे भलाे गरेका छन्, तर जसरी यिनलाई देवत्वकरण गरियाे नि अनि विर्सिय मानविय हैसियत । महिलाहरुले श्रीमतीकाे रुपमा बहिस्कार गर्नु पर्ने याे अवस्थामा तेस्री बन्न जानेलाई राम राम बाहेक के भनुँ ? जब उनीपछि चाैथीवाली अाउँछिन् नी त्यतिबेला खुल्लान “चेतकान” । याे लेख्दा कसैकाे चित्त बुझ्दैन भने बुझ्नुहाेस हाम्राे मन मिल्दैन । त्यसैले मुहारपुस्तिकाबाट अाफै साइड लागे अाभारी हुन्छु ।

यो पनि पढ्नुहोस्

–सम्बन्धविच्छेद बारे रविले भने ‘मान्छे दुनियासँग लड्न सक्छ तर आफन्तसँग सक्दैन’

–दुईवटी श्रीमति बिहे गरेका रवि लामिछानेले तेस्रो बिहे गर्न पहिलो श्रीमति छाडे, छोरीहरू चिन्तित 

प्रकाशित मिति : 22:36