७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित

१३ चैत, काठमाडौं । राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरुले विरोध जनाउँदै बैठक अवरुद्ध गर्नुभएको हो । उहाँहरुले निर्देशक घिसिङलाई हटाउनुपर्ने कारणबारे प्रधानमन्त्रीले सभालाई जानकारी गराउनुपर्ने माग राख्नुभएको छ ।

सांसद गोपीबहादुर सार्की अछामीले भन्नुभयो, “कुलमान घिसिङको प्राधिकरणमा सेवा अवधि पनि धेरै थिएन, मात्रै चार महिना सेवा अवधि बाँकी थियो, चार महिना मात्रै सेवा अवधि हुँदै गर्दा घिसिङलाई हटाउनुपर्ने त्यस्तो के बाध्यता आइलाग्यो सरकारलाई ?” लोडसेडिङ हटाएबापत पुरस्कृत गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएको सांसद अछामीको भनाइ छ ।

प्रकाशित मिति : March 26, 2025 at 1:57 pm