१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

चैत २१ गतेदेखि एफपीओ निष्काशन गर्दै विन नेपाल लघुवित्त

१३ चैत, काठमाडाैं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले यही चैत २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ। लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको जनाएको छ । लगानीकर्ताले चैत २६ गतेसम्म एफपीओमा आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिने कम्पनीले जनाएकाे छ ।  लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेड रहेको छ। हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : March 26, 2025 at 9:42 am