वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षविरुद्ध राजश्व छलीको मुद्दा दायर
२० पुस, काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको अभियोगमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङ विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
स्काई ओभरसिज सर्भिसेजका संचालक तामाङविरुद्ध १९ करोड ५७ लाख ४३ हजार रुपैयाँ विगो जरिवाना र ३ वर्ष कैद सजाय दाबी माग गरेकाे छ । विभागले वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीहरुबाट प्राप्त भएको आर्थिक वर्ष २०६६/०६७ देखि २०७३/०७४ सम्मजम्मा गराएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएकाले तामाङ विरुद्ध मुद्दा दायर गरिएको जानकारी प्रप्त भएकाे छ ।
बैंक खाताको विवरण, नियन्त्रणमा लिएका कागजात तथा अन्य प्रमाणहरुको अध्ययन एवं विश्लेषण गर्दा कर नतिरेको पुष्टी हुन आएको विभागको दाबी छ ।
प्रकाशित मिति : 18:08









