२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेले गर्यो एप्पल सेक्युरिटिजलाई ३ दिनका लागि निलम्बन,यस्तो छ कारण

११ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एप्पल सेक्युरिटिज प्रालिलाई ३ दिनका लागि निलम्बन गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै समयमै राफसाफ नगरेको भन्दै कम्पनीलाई निलम्बन गरेको जनाएको हो ।

‘सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मिति २०८१ चैत १० गतेको पत्र संख्याः २०८१/८२/४३, चलानी नं. १९२८ को पत्र मार्फत तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएकोले ३(तीन) कार्य दिनका लागि निलम्बन गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराइन्छ,’ नेप्सेले जारी गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : 15:10