७ असार २०८३, आइतबार | Mon Jun 22 2026

लाभांश पारित गर्दै सानिमा रिलायन्सको साधारण सभा सम्पन्न

११ चैत, काठमाडाैँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले साधारणसभा सम्मन्न भएकाे छ । लाभांश प्रस्ताव पारित गर्दै कम्पनीकाे २०८०/०८१ को आठौं वार्षिक साधारण सभा चैत्र ८गते शुक्रबार अनमोल बैंक्वेट, नयाँ बानेश्वर, काठमाडाैँमा सम्पन्न भएकाे हाे । कम्पनीका अध्यक्ष रतन लालकेडियाको अध्यक्षतामा सञ्चालन भएको साधारणसभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरेका हुन् ।

कम्पनीको आठौं वार्षिक साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आथिर्क वर्ष २०८०/८१ काे वार्षिक प्रतिवेदनसहित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आथिर्क वर्ष ०८०/८१ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।

साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २ सय २४ रूपैयाँको ८ प्रतिशतका दरले हुने रकम रु ३९ करोड ६२ लाख ५४ हजार २ सय १८ मात्र बराबरको नगद लाभाशं बोनस सेयर तथा नगद लाभाशंमा लाग्ने करसहित वितरण गर्ने साथै विद्यमान चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले हुने रकम रु.६ करोड १८ लाख ५८ हजार ८सय ३२ बराबरको बोनस सेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर तथा नगद लाभाश वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि रु ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ पुर्‍याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आथिर्क वर्ष ०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

प्रकाशित मिति : March 24, 2025 at 12:40 pm