नुवाकोट र रसुवाका तीन युवा चार किलो सुनसहित धादिङको गजुरीबाट पक्राउ
२० पुस, काठमाडाैँ । नुवाकोट र रसुवाका तीन युवा चार किलो सुनसहित धादिङको गजुरीबाट पक्राउ परेका छन । उनीहरू बिहीबार राति धादिङको गजुरीबाट चार किलो सुनसहित समातिएका हुन ।
बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवाका २७ वर्षका अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षका सुरेन्द्र तामाङ र २४ वर्षका विकास तामाङलाई चार किलो सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

उनीहरु आएको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।
प्रकाशित मिति : 09:58







